काठमाडौं । हुलास ग्रुपद्वारा सञ्चालित हुलास खाद्य उद्योगको व्यापार एक वर्षमा ३१ करोड २० लाख रुपैयाँले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापारमा सन् २०२४ को तुलनामा उल्लेखित सुधार देखिएको छ । सन् २०२३ मा १३ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ३८ करोड रुपैयाँको व्यापार गरेको थियो ।
यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७१ करोड ९१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २९ करोड ८८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४२ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले धान र गहुँलाई प्रशोधन गरेर चिउरा, आँटा, ब्रोकन राइस, सुजी, राइस ब्रान र अन्य सामग्री उत्पादन गर्दै आएको छ । यस उद्योगले अग्रिम चक्की आँटा, अग्रिम चिउरा, अग्रिम मैदा, अग्रिम मिल आँटा र अग्रिम सुजी ब्रान्डमा उत्पादित वस्तु बिक्री वितरण गर्दै आएको छ ।
सन् १९९१ मा हिमांशु खाद्य उद्योग प्रालिको नाममा दर्ता भएको कम्पनी सन् २०२५ मा पब्लिक कम्पनीको रूपमा परिणत भएको छ । यस कम्पनीमा १४ जनाको सेयर स्वामित्व रहेको छ । जसमा चन्द्रकुमार गोल्छा सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । यस कम्पनीमा उनेको ६३ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ । यसैगरी, शरद गोल्छाको १० प्रतिशत सेयर स्वामित्व छ ।
प्रतिक्रिया दिनुहोस्