Skip to content

बैंकिङ छोडेर होटल क्षेत्रमा न्यौपानेको प्रवेश, ‘मेरियट रिसोर्ट एण्ड स्पा’ले आईपीओ ल्याउने 

nabil
global ime

काठमाडौं । एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत ९सीईओ० रोशन कुमार न्यौपानेले बैंकिङ क्षेत्र छोड्दै होटल क्षेत्रमा प्रवेश गरेका छन्। न्यौपाने रुपन्देहीको सियारी गाउँपालिका–५ मा अवस्थित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड अन्तर्गत सञ्चालन हुन लागेको पाँचतारे होटल ‘मेरियट रिसोर्ट एण्ड स्पा’ का प्रबन्ध सञ्चालकको रूपमा आबद्ध भएका हुन्।

वि।सं। २०७५ सालदेखि सञ्चालनमा आएको लुम्बिनी प्यालेस रिसोर्ट विगत तीन वर्षदेखि निरन्तर मुनाफामा रहेको छ। सेवालाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने उद्देश्यका साथ रिसोर्टलाई विश्वप्रसिद्ध होटल ब्राण्ड ‘म्यारियट इन्टरनेशनल’ अन्तर्गत ‘मेरियट रिसोर्ट एण्ड स्पा’ का रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो। होटलका अनुसार यो काठमाडौं उपत्यकाबाहिर म्यारियट ब्राण्डको पहिलो तथा एकमात्र उपस्थिति हुनेछ।

रिसोर्टका अध्यक्ष दीपक पाण्डेयको नेतृत्वमा प्रबन्ध सञ्चालक न्यौपानेसहित सञ्चालक समिति तथा उच्च व्यवस्थापन टोलीको सहभागितामा म्यारियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता सम्पन्न भइसकेको छ। सम्झौता कार्यक्रममा म्यारियट इन्टरनेशनलको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने प्रमुख सञ्चालन अधिकृत, क्षेत्रीय उपाध्यक्षलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे होटल सञ्चालन अनुमति लिने लक्ष्य लिएको जनाएको छ। होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि यसलाई नेपालकै पहिलो तथा एकमात्र अन्तर्राष्ट्रिय स्तरको लक्जरी रिसोर्टका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

रिसोर्टमा अत्याधुनिक प्रविधियुक्त विलासी कोठा तथा सुइट, स्पा तथा वेलनेस सेन्टर, अन्तर्राष्ट्रिय स्तरको सम्मेलन तथा कार्यक्रम हल, स्विमिङ पुल, फिटनेस सेन्टर, मनोरञ्जन तथा बालमैत्री सुविधा, उत्कृष्ट रेस्टुरेन्ट तथा बारलगायतका सुविधा उपलब्ध हुनेछन्।

साथै, जलवायु परिवर्तन, दिगो विकास, ऊर्जा बचत र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै होटललाई नेपालकै पहिलो ग्रिन सर्टिफाइड लक्जरी रिसोर्ट को रूपमा विकास गर्ने योजना बनाइएको छ। यस अन्तर्गत वातावरणमैत्री संरचना, नवीकरणीय ऊर्जा प्रयोग, न्यून प्रदूषण र दिगो पर्यटन अभ्यासलाई पूर्ण रूपमा अवलम्बन गरिनेछ।

यसैगरी, लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आगामी दिनमा सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारीसमेत अघि बढाएको जानकारी दिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima