Skip to content

सुन–चाँदीको मूल्य सामान्य घट्यो

nabil bank

काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनहरुमा दैनिक जसो बढेको सुनको मूल्य बिहीबार भने तोलाको १ हजार ५०० रुपैयाँ घटेको हो । यसैगरी, बिहीबार चाँदीको मूल्य तोलाको १७० रुपैयाँ घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य तोलाको २ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी, बिहीबार चाँदी तोलाको ५ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको ५ हजार ६५५ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life