Skip to content

ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा प्रक्रिया रोक्यो

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया रोकेको छ । ट्रम्प प्रशासनले ७५ देशका नागरिकहरूका लागि भिसा प्रक्रिया स्थगित गर्ने निर्णयलाई ‘अमेरिका फर्स्ट’ नीतिको सबैभन्दा कडा कदम मानिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रक्रियाको पुनर्मूल्याङकन गर्न भन्दै जनवरी २१ देखि लागु हुने गरि भिसा प्रक्रिया रोकेको जानकारी दिएको छ ।

विभागले आप्रवासी भिसा सम्बन्धि विद्यमान नियमको पुनर्मूल्यांकन नगरेसम्म अनिश्चितकालका लागि जारी रहने जनाइएको छ ।

यो नीतिले राष्ट्रिय सुरक्षा, डाटा सेयरिङमा कडाइ र अमेरिकी नागरिकका लागि रोजगारी सुरक्षित गर्ने लक्ष्य राखेको छ। यसले गर्दा आगामी २१ जनवरी २०२६ देखि ती देशका हजारौँ आप्रवासी र विद्यार्थीहरूको भविष्य अनिश्चित बनेको छ ।
नेपालको कमजोर प्रतिव्यक्ति आय र ‘पब्लिक चार्ज’ को नयाँ व्याख्याले गर्दा नेपाली आवेदकहरूले अब आफ्नो वित्तीय आत्मनिर्भरता प्रमाणित गर्न निकै कठिन हुने देखिन्छ। यसअघि सामान्य बैंक ब्यालेन्स देखाएर भिसा पाउने प्रक्रिया अब अन्त्य भएको छ।

भिसा प्रक्रिया रोकिएका देशमा नेपालका साथै बंगलादेश, भुटान, अल्बानिया, अल्जेरिया, एन्टिगुआ र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, अफगानिस्तान, बार्बाडोस, बेलारुस, बेलिज, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, आइभरीकोष्ट, क्युबा, कंगो प्रजातान्त्रिक गणतन्त्र, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत रहेका छन् ।

किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, निकारागुआ, नाइजेरिया, पाकिस्तान, कंगो गणराज्य, रूस, रुवान्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, यमन, युगान्डा, उरुग्वे, उज्बेकिस्तान रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima