Skip to content

मेची भन्सार कार्यालयबाट २५ अर्ब बढीको आयात, निर्यात घट्यो

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ९३ करोड ७८ लाख अर्थात् ८.३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवको पहिलो छ महिनामा २३ अर्ब नौ करोड ८८ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको पहिलो छ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरको सामान विभिन्न मुलुक निर्यात भएको थियो । गत आवको सोही अवधिमा १३ अर्ब ८४ करोड चार लाखको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट हुने निर्यात १.२० प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, काउली, बन्दागोपी, ब्रोकाउली, जडीबुटीलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, तरकारी, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, अलकत्रा बिटुमिनलगायत रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा आयात निर्यातबाट आठ अर्ब ४० करोड ९१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi