काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ५० रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार यसको मूल्य तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको थियो । पछिल्लो केही दिनहरूमा निरन्तर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको हो ।
बिहीबार चाँदीको मूल्य पनि घटेर तोलाको ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य तोलाको ५ हजार ९२० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्