Skip to content

गभर्नर पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फानबीच भेट, क्युआर कोड प्रणालीमा सहकार्य गर्ने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोङसङबीच भेटवार्ता भएको छ । बुधबार चीनको थिआनचिनमा ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट’ (बीआईएस) द्वारा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनीहरूबीच भेट भएको हो ।

भेटका क्रममा नेपाल र चीनबीच सीमापार भुक्तानी प्रणाली, लगानी प्रवर्द्धन तथा आपसी सहयोग आदान–प्रदानका अवसर र चुनौतीबारे छलफल गरिएको थियो । साथै वित्तीय क्षेत्रमा देखा परिरहेका नयाँ अभ्यास, नवप्रवर्तन तथा प्रविधि विकासबाट प्राप्त हुने लाभका विषयमा पनि गभर्नरद्वयबीच विचार–विमर्श भएको जनाइएको छ ।

दुवै देशका नागरिकले भ्रमणका क्रममा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने प्रणालीलाई सहज बनाउने र त्यसको लागत घटाउने विषयमा पनि छलफल भएको थियो । सो अवसरमा पीबीओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण तथा सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा व्यक्त गरे ।

चीन भ्रमणका क्रममा गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र नियमित संवाद निरन्तर आवश्यक रहेको बताउँदै यसका लागि नेपाल राष्ट्र बैंक सक्रिय भूमिका खेल्न तयार रहेको उल्लेख गरे।

भेटवार्तामा पिपुल्स बैंक अफ चाइनाको अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु, नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल तथा गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life