Skip to content

खल्तीले ल्यायो ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’, एक जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ । यही उत्साहलाई थप उचाइमा पुर्याउन डिजिटल वालेट ‘खल्ती’ले आकर्षक अभियान ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ सार्वजनिक गरेको छ ।

‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको जनाईएको छ । नेपाली क्रिकेट टोलीको यो गौरवशाली यात्रालाई उत्सवको रूपमा मनाउन खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोरिने गरी प्रत्यक्ष रूपमा रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर प्रदान गर्ने जनाएको छ ।

यस अभियानलाई रमाइलो बनाउन खल्तीले एक ‘गेमिफाइड’ अनुभव प्रस्तुत गरेको छ । प्रयोगकर्ताहरूले केवल कारोबार मात्र गर्ने छैनन्, बरु आफ्नै ‘डिजिटल टिम’ निर्माण गर्नेछन् ।

खल्ती एपमार्फत मान्य कारोबारहरू गर्दा प्रयोगकर्ताले एक डिजिटल ‘स्क्र्याच कार्ड’ प्राप्त गर्नेछन् । प्रत्येक स्क्र्याच कार्डमा नेपालको राष्ट्रिय टोलीका ११ मध्ये एक खेलाडीको कार्ड रहनेछ । बम्पर उपहारको लक्की ड्रमा योग्य हुन प्रयोगकर्ताले ११ वटा छुट्टाछुट्टै खेलाडीका कार्डहरू संकलन गरी सेट पूरा गर्नुपर्नेछ।

यो अभियानमा अन्तिम विजेता मात्र नभई, कार्ड संकलनको यात्राभरि प्रयोगकर्ताहरूले विभिन्न पुरस्कारहरू जित्न सक्नेछन् । २, ५, ७, र ११ वटा युनिक प्लेयर कार्डहरू संकलन गर्दा प्रयोगकर्ताहरूले प्रोमोकोडहरू प्राप्त गर्नेछन् । ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्ताहरूमध्येबाट हरेक १फोर दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू हनर एक्स नाइनडी स्मार्टफोन जित्न सक्नेछन् ।

११ वटै प्लेयर कार्डहरू सफलतापूर्वक संकलन गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन् । जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्नेछन् ।

यो अभियान माघ १३ देखि फागुन १ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताहरूले दैनिक उपभोग्य सेवाहरूको भुक्तानी—जस्तै युटिलिटी बिल, टप-अप, र अन्य कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi