काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम १६.६६ प्रतिशतले बढेको छ ।
गत आवको पुस मसान्तसम्म बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि २४ अर्ब ६७ करोड ७१ लाख ८४ हजार रुपैयाँ छुट्याएका थिए । चालु आवको सोही अवधिमा आइपुग्दा यस्तो रकम २८ अर्ब ७८ करोड ८२ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
बैंकहरुको खराब कर्जा बढ्दै जाँदा सम्भावित जोखिमका लागि छुट्याएको रकम पनि बढ्दै गएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकहरुको खराब कर्जा ०.५९ प्रतिशतले बढेर औषतमा ५.०८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ४.४९ प्रतिशत रहेको थियो ।
बैंकले समयमा नै कर्जा उठाउन नसक्दा खराब कर्जाको ग्राफ बढ्दै गएको छ । यससँगै बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउने रकम पनि बढ्दै गएको छ ।
बैंकको निष्क्रिय कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थामा ठुलो रकम छुट्याउनु परेको हो । पुस मसान्तसम्मको वित्तीय स्थिती हेर्दा कर्जा नोक्सानी व्यवस्थाका लागि सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकले ४ अर्ब ४७ करोड ३० लाख ९३ हजार रुपैयाँ छुट्याएको छ । बैंकले यसका लागि छुट्याएको रकम गत आवको सोही अवधिको तुलनामा १३१.८६ प्रतिशत धेरै हो ।
यस्तै कर्जा नोक्सानी व्यवस्थाका धेरै रकम छुट्याउने दोस्रो बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा रहेको छ । बैंकले यसका लागि छुट्याएको रकम गत आवको सोही अवधिको तुलानामा ७४.५८ प्रतिशतले बढेर ३ अर्ब ९ करोड ४६ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
यस्तै एनआईसी एशिया बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि २ अर्ब ४३ करोड ३० लाख ७१ हजार रहेको छ । ग्लोबल आइएमई बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम गत आवको पुस मसान्तको तुलनामा ८.९१ प्रतिशतले बढेर २ अर्ब ४३ करोड १ लाख ७० हजार रुपैयाँ, सिटिजन्स बैंकको ३२.३० प्रतिशतले बढेर १ अर्ब ८३ करोड २७ लाख ९२ हजार, कृषि विकास बैंकको ९०.०१ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ९३ लाख ७६ हजार, एनएमबि बैंकको
३५०.२३ प्रतिशतले बढेर १ अर्ब ५५ करोड २२ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
यस्तै कुमारी बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम ५३.९४ प्रतिशतले घटेर १ अर्ब ५० करोड ७४ लाख ५१ हजार, राष्ट्रिय वाणिज्य बैंकको १८.६१ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ३७ लाख ८१ हजार, प्रभु बैंकको ७८.७८ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ५६ लाख ३१ हजार, सिद्धार्थ बैंकको ३५.८७ प्रतिशतले घटेर १ अर्ब ४५ करोड २५ लाख ५९ हजार, प्राइम बैंकको ३४.०१ प्रतिशतले बढेर १ अर्ब १५ करोड ४५ लाख ४६ हजार, सानिमा बैंक ४१.६१ प्रतिशतले बढेर १ अर्ब ७ करोड ८९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
यस्तै हिमालयन बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि ४६२.९५ प्रतिशतले बढेर १ अर्ब ३ करोड ९२ लाख ७ हजार, माछापुच्छ«े बैंकको १८०.५५ प्रतिशत ५७ करोड ४२ लाख ९९ हजार, नेपाल एसबिआई बैंकको १३६.६७ प्रतिशतले बढेर ५६ करोड ६१ लाख ७६ हजार, एभरेष्ट बैंकको ६०.९७ प्रतिशतले बढेर ५६ करोड २७ लाख ५२ हजार, नेपाल बैंकको ८१.०१ प्रतिशतले बढेर ४७ करोड ९९ लाख २९ हजार रुपैयाँ रहेको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकको ४ करोड ६३ लाख ६८ हजार रहेको छ भने नबिल बैंकले ४ करोड ८८ लाख २६ हजार रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ ।









प्रतिक्रिया दिनुहोस्