Skip to content

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न

nabil bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।

बैंकको नीतिअनुसार सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएका यी कार्यक्रमहरू अन्तर्गत लायन्स क्लब अफ काठमाडौं गुराँसको सहकार्यमा ललितपुर महानगरपालिका वडा नं. २१ स्थित श्री गन्धकुटी विहार, खोकनामा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग प्रदान गरिएको छ। उक्त शिविरमा स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सरको पहिचान, मधुमेह तथा थाइराइड रोगको परीक्षण, साथै साधारण स्वास्थ्य तथा दन्त परीक्षण सेवा प्रदान गरिएको थियो।

त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन तथा सडक फुटपाथ र विभिन्न स्थानमा हुने अव्यवस्थित पार्किङ समस्याको समाधानका लागि ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतसहितका रोड फर्निचरहरू हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वकै क्रममा दलित सशक्तिकरण केन्द्र नेपालको सहकार्यमा परम्परागत व्यवसायिक सीप, पेशा तथा कलाको संरक्षण, आधुनिकीकरण र प्रमाणीकरण गर्दै क्षमता अभिवृद्धि तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं. १ देखि ६ सम्मका स्थानीय व्यक्तिहरूलाई सिलाई मेसिन वितरण गरिएको छ।

त्यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ०९, भानुपथस्थित श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ। खेलमैदानमा भाष्टक राखी रोलिङ गरी पानी निकासको व्यवस्था गर्न आवश्यक निर्माण कार्यमा बैंकले सहयोग गरेको हो।

बैंकले यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi