Skip to content

महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई परिसंघको स्वागत

nabil
global ime

काठमाडौं। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरुलाई बधाई एवं स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

स्वदेशी उत्पादनहरुको उपभोग बढाउनुपर्नेमा जोड दिनुपर्ने बताउँदै उनले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको बताए । उनले परिसंघ र महिला उद्यमी महासंघबीच गहन रुपमा सहकार्य हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए । उनले महासंघ परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । सो अवसरमा सहकार्यका क्षेत्रलगायतका विषयमा छलफल भएका थिए । कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima