Skip to content

निर्वाचन तयारीको अनुगमनः अर्थमन्त्री खनालले बुझे गोरखाको अवस्था

nabil bank

काठमाडौं । काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको तयारीबारे जानकारी लिएका छन्। उनले मंगलबार गोरखा सदरमुकाम पुगेर जिल्लाको निर्वाचनको तयारीबारे जानकारी लिएका हुन्।

निर्वाचनको तयारी सम्बन्धमा अनुगमन गर्न गोरखा पुगेका अर्थमन्त्री खनाललाई प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थिति सुरक्षा निकायका प्रमुखले सुरक्षा प्रबन्ध, आचारसंहिता पालनाको अवस्था लगायत विषयमा जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले गोरखामा आचारसंहिता उल्लंघनका कुनै पनि उजुरी नपरेको, २३ मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्नुपर्ने अवस्था रहेको र ८३ वटा मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रुपमा राखिएको जानकारी गराए।

अर्थमन्त्री खनाल जिल्ला निर्वाचन कार्यालयमा पनि पुगेका थिए। मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतम लगायतले हालसम्मको तयारीबारे जानकारी गराएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार अर्थमन्त्री खनालले निर्वाचनको तयारी सन्तोषजनक देखिएको तथा राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण रहेको अनुभूति गरेको बताएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi