Skip to content

नेपाली स्वादको तुफानी पीजा अब बानेश्वरमा

nabil
global ime

काठमाडौं । नेपाली स्वादसहित बानेश्वरमा तुफानी पीजा रेष्टुरेन्ट सञ्चालनमा ल्याइने भएको छ ।

लामो समयदेखि रेष्टुरेन्ट क्षेत्र तथा व्यवासयिक क्षेत्रमा कार्यरत युवाहरुले माघ २८ गतेदेखि बानेश्वरको के एण्ड के इन्टरनेशनल कलेजसँगै तुफानी पीजा सञ्चालनमा ल्याउन लागेका हुन् ।

तुफानी पीजामा नेपाली स्वादको पीजासहित वर्गर, तुफानी फ्राइड चिकेन (टीएफसी) तुफानी र्‍याप, एक्प्रेशो बेसका अर्गानिक कफी र विभिन्न फ्रेस जुसहरु पाइने सञ्चालक माधवकुमार नेपालले जानकारी दिए ।

तुफानी पीजाले आगामी दिनमा चेन मोडलमा काठमाडौं उपत्यका र मोफसलमा समेत शाखाहरु बिस्तार गर्ने योजना बनाएको छ । बानेश्वर रेष्टुरेन्टमा सेन्टल किचन रहने र अन्य ठाउँमा पनि तुफानी स्वादका परिकारहरु पाइने उनले बताए ।

एभरेष्ट होटलको पार्किङ साइडको छक्कुबक्कु मार्गमा रहेको रेष्टुरेन्ट करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको हो ।

‘हाम्रो टिममा नेपाली स्वादको फुड स्पेशलिष्ट, सर्भिस सेक्टरमा लामो समय काम गरेको र फाइनान्स क्षेत्रमा काम गरेका अनुभवी साथी छौं,’ नेपालले भने ।


चार्टर्ड एकाउण्टेन्ट समेत रहेका पर्वतका टिका कार्की, नुवाकोटका माधव नेपाल र काभ्रे मनमोहन रिमालले संयुक्त लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

विभिन्न क्षेत्रमा लगानी गरेका कार्कीले रेष्टुरेन्टमार्फत पनि सेवा गर्ने योजना बनाए । ‘हाम्रो धेरै क्षेत्रमा लगानी छ। देशमै लगानीको सम्भावना छ भन्ने भएर पनि रेष्टुरेन्टमा सोच गरेको हो‘ उनले भने,’बानेश्वर क्षेत्रमा यो किसिमको स्वादको पीजा नपाइने भएकाले पनि यही क्षेत्र रोजेका हौं ।’

चार्टर्ड एकाउण्टेन्ट समेत रहेका कार्कीले यो रेष्टुरेन्टमा प्रिमियर आइटहरु सस्तो मुल्यमा पाइने जानकारी दिए ।

‘बानेश्वरमा धेरै कर्पोरेट अफिस, कन्सल्टेन्सी र कलेजहरु छन्,’ उनले भने, ‘हामीले विद्यार्थी र अफिसहरुमा काम गर्ने कर्मचारीलाई केन्द्रित गरेर रेष्टुरेन्ट खोलेका हौं ।‘

तुफानी पीजाका परिकारहरु अनलाइनमार्फत फुडमाण्डु, पठाओ र आफ्नै वेवसाइ, सोसल मिडियाबाट पनि अर्डर गर्न सकिने कार्कीले जानकारी दिए ।

त्यसो त लगानीकर्ता रहेका नेपाल लामो समयदेखि रेष्टुरेन्टमा काम गरेको छ । उनले २०६९ मा संगम खाजाघरबाट काम थालेका उनले होटल भ्यु पोइन्ट, रेड डाइमन्ड र बर्गर हाउस, स्याङ्को कट्टिरोल समेत चलाएको अनुभव छ ।

उनीहरुकै टिमले काठमाडौँका विभिन्न १३ स्थानमा स्याङ्को कट्टिरोल फ्रेन्चाइज आउटलेटहरू समेत सञ्चालन गर्दै आएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima