Skip to content

कालिन्चोक हाइड्रोपावरले फागुन १३ गतेदेखि आईपीओ बिक्री गर्ने 

काठमाडौं । कालिन्चोक हाइड्रोपावर कम्पनीले फागुन १३ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा  लागि ५ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने छ । कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। उक्त सेयर खरिदका लागि दोलखा जिल्ला, बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यसैगरी, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्टाइएको सेयरको १० प्रतिशतले हुन आउने ८२ लाख ५० हजार रुपैयाँबराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८२ लाख ५०० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूले आवेदन दिन पाउने छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life