काठमाडौं । कारोबार तथा बैंक तथा वित्तीय संस्थाको ऋण लगानीकोहिसाबले ठूलो व्यवसायिक घराना शंकर ग्रुपमाथि सरकारले एक्सनलिएको छ।
सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालतथा उनका छोराहरू सुलभ अग्रवाल र साहिल अग्रवाललाई प्रहरीलेहिरासतमा लिएको छ। सोही मुद्दामा समूहका व्यवसायिक साझेदार दीपक भट्ट पनि प्रहरी हिरासतमा छन्।
ग्रुपका प्रमुख सदस्य नै प्रहरीको नियन्त्रणमा पुगेपछि ग्रुप–आबद्ध कम्पनीहरूले बैंकबाट लिएको ऋण तथा यसले बैंकिङ क्षेत्रको स्थायित्वमा पार्नसक्ने प्रभावबारे बैंकरहरूबीच गम्भीर चर्चा सुरु भएको छ।
‘नेपालका व्यवसायिक घरानामध्ये सबैभन्दा बढी करिब एक खर्बजतिको ऋण शंकर ग्रुपले लिएको छ,’ ग्रुप–आबद्ध कम्पनीलाई ऋण दिएका एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए, ‘निर्माण–सम्बन्धित कम्पनीहरूको बिक्रीमा आएको कमीले कम्पनीहरू दबाबमा थिए, अब यसको थप प्रभाव बैंक ऋणमा पर्न सक्छ।’
समूहले सबैभन्दा बढी ऋण लिएको कम्पनी जगदम्बा स्टिल हो। क्रेडिट रेटिङ कम्पनी इन्फोमेटिभका अनुसार जगदम्बा स्टिलको ऋण रकम ३३अर्ब १५ करोड छ। कुनै समय ५० अर्बसम्म कारोबार गर्ने यो उद्योगनिर्माण क्षेत्रको सुस्ततासँगै पछिल्ला वर्षमा ३० अर्बमा झरेको देखिन्छ।
जगदम्बा स्टिल बाहेक समूहको साझेदारीमा रहेका रिलायन्स सिमेन्ट, शौर्य सिमेन्ट, जगदम्बा अटोमोबाइल्स र हिल्टन होटलमा पनि ठूलोपरिमाणको ऋण छ। समग्रमा करिब एक खर्बजति ऋण ग्रुप–आबद्धकम्पनीहरूले चलाइरहेका छन्।
नक्सालमा निर्माण भइरहेको ५ तारे हिल्टन होटल जेनजी आन्दोलनकाक्रममा क्षतिग्रस्त भएको थियो। यस परियोजना लागि बैंकहरूले करिब५ अर्ब रुपैयाँ ऋण दिएका छन्। बीमा दाबी भुक्तानीका विषयमा विवादरहेकोले होटल परियोजना थप अनिश्चिततामा परेको छ।
म्यानमारबाट सुरु भएको व्यवसायिक साम्राज्य
शंकर ग्रुपको व्यावसायिक यात्रा म्यानमारबाट सुरु भएको हो। रावतमाल गोल्यानले सन् १९६० को दशकमा बटम उद्योग स्थापना गरेका थिए।पछि नेपाल आएर उद्योग सञ्चालन गरे पनि सफलता नपाएपछि उनी ट्रेडिङतर्फ उन्मुख भए।
उनका छोरा शंकरलाल अग्रवालले बाबुको यात्रालाई अगाडि बढाउँदै सन्१९८० को दशकमा शंकर ग्रुपको स्थापना गरे। प्रारम्भिक व्यवसाय ट्रेडिङमै केन्द्रित थियो। अहिले समूह अन्तर्गत ४० भन्दा बढी कम्पनी सञ्चालनमा छन्।
शंकरलालले ट्रेडिङमा पाएको सफलतालाई क्रमशः उद्योगतर्फ मोड्दै सन् १९९४ मा जगदम्बा स्टिल, २००१ मा जगदम्बा सिमेन्ट स्थापना गरे।सिमेन्ट र डण्डी उद्योगमा शंकर ग्रुपलाई नेपालमा पायोनियर मानिन्छ।
शंकरलालका छोराहरू साहिल तथा सुलभ अग्रवाल व्यवसायमा सक्रियभएपछि समूह फेरि ट्रेडिङ क्षेत्रमा आक्रामक रूपमा अघि बढेको देखिन्छ। समूह टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेताबनेपछि टिभिएसको बजार उपस्थिति थप मजबूत भयो। अहिले टिभिएसमोटरसाइकल तथा स्कुटरको असेंबली नेपालमै भइरहेको छ। कम्पनीप्रोटोन गाडीको नेपालको बिक्रेता समेत हो ।
यसका अतिरिक्त समूहले हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट, उदयपुरको शौर्य सिमेन्ट, नक्सालको हिल्टन होटल, विभिन्न जलविद्युत् परियोजना, जीवन बीमाक्षेत्रमा युनियन लाइफ, पुनर्बीमा क्षेत्रमा हिमालयन रि–इन्स्योरेन्स,माइक्रो इन्स्योरेन्स जस्ता क्षेत्रमा ठूलो लगानी गरेको छ












प्रतिक्रिया दिनुहोस्