Skip to content

एडीबीको दक्षिण एसिया महानिर्देशकमा नेपाली महिला सोना श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाली महिला सोना श्रेष्ठलाई एसियाली विकास बैंकको दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त गरिएको छ। यस नियुक्तिसँगै श्रेष्ठ बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति निर्माण, विकास कार्यक्रम र कार्यान्वयनको नेतृत्व गर्ने जिम्मेवारीमा पाएकी छिन् ।

उनी यसअघि सो विभागकी उपमहानिर्देशक थिइन् र एडीबीको उच्च नेतृत्व तहमा पुग्ने थोरै नेपाली महिलामध्ये एक बनेकी छन्। नियुक्तिपछि श्रेष्ठले आफूलाई दक्षिण एसिया विभागको महानिर्देशक पदमा नियुक्त गरिएकोमा गर्व लागेको बताईन । यस क्षेत्रमा समावेशी र दिगो विकासमा योगदान पुर्‍याउन सदस्य राष्ट्रहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले एडीबीको संलग्नता अझ गहिरो बनाउन र विकासशील राष्ट्रहरूसँग मिलेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने आशा पनि व्यक्त गरेकी छन्।

श्रेष्ठको अनुभवले उनलाई अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकनमा विशेष दक्षता दिएको छ। उनी अर्थशास्त्रमा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी र स्मिथ कलेजबाट बीए हासिल गरेकी छन्। अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका २७ वर्षमध्ये २३ वर्ष उनले एडीबीमै काम गर्दै मध्य र पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा व्यापक अनुभव हासिल गरेकी छन्।

विशेष गरी एडीबीमा उनको नेतृत्वले विभिन्न परियोजना र नीतिगत पहललाई सुदृढ पार्दै क्षेत्रका विकासशील राष्ट्रहरूमा आर्थिक सुधार र दिगो विकासलाई गति प्रदान गरेको छ। उनको नियुक्ति नेपाली महिलाका लागि प्रेरणास्रोतका रूपमा हेरिएको छ, किनभने उच्च नेतृत्वमा पुगेकी थोरै नेपाली महिला मध्ये उनी एक मात्र व्यक्ति हुन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi