Skip to content

राप्रपाको सङ्कल्प पत्रः देशलाई मध्यम आयस्तर भएको राष्ट्रका रूपमा विकास गर्ने मार्गचित्र समावेश (पूर्णपाठ)

nabil bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।

धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्प पत्र सार्वजनिक गरे ।

‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’ भन्ने दीर्घकालीन सोचसहित राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिका विषय सङ्कल्प गरिएको छ ।

सङ्कल्प पत्रमा पार्टीको दृष्टिकोण, राजनीतिक स्थायित्व, सुशासन र पारदर्शी प्रशासनबारे प्रस्ट पार्दै पुँजी निर्माण, दिगो विकास, शिक्षा, स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, युवा केन्द्रित उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार देशलाई विसं २०८७ सम्म मध्यम आयस्तर भएको राष्ट्रका रूपमा विकास गर्ने मार्गचित्र समावेश गरिएको छ ।

पार्टीले पृथ्वीपथलाई अवलम्बन गर्ने सङ्कल्प गर्दै शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार रणनीतिक दिगो पूर्वाधार, दिगो सहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रभावकारी सेवा प्रवाहका योजना अगाडि सारेको छ ।

राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण, राष्ट्रिय सुरक्षाको मूल नीति बनाइने उल्लेख गरिएको पत्रमा जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, विदेशमा बस्ने नेपालीको सीप तथा पुँजी, निजी क्षेत्रको सहभागितामा देशको समग्र अर्थतन्त्रको जिडिपीमा ८२ प्रतिशत, पुँजी निर्माणमा ७७ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

स्थानीय र केन्द्रीय दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life