Skip to content

आधा दर्जन बीमा कम्पनीलाई कारबाही गर्दै प्राधिकरण, पठायो पत्र

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ वटा बीमा कम्पनीलाई कारबाही गर्ने भएको छ ।

प्राधिकरणले केही समयअघि स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही गम्भिर खालका कैफियत देखिएपछि कारबाहीको तयारी गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सलाई कारबाहीको तयारी गरेको छ ।

कम्पनीले पहिलो चरणमा यी कम्पनीलाई स्पष्टिकरण सोधिसकेको छ । प्राधिकरण स्रोतका अनुसार गत शुक्रबार पत्र काटेर आइतबार ६ वटै कम्पनीलाई ‘यस्तो गम्भिर कैफियत देखिएकोले किन कारबाही नगर्ने’ भनेर स्पष्टिकरण सोधिएको हो ।

त्यसको जवाफ दिनका लागि कम्पनीहरुलाई समय समेत दिइएको छ । तोकिएको समयमा चित्त बुझ्दो कानूनी रुपमा स्पष्ट जवाफ नआएको खण्डमा थप कारबाही अघि बढाउने प्राधिकरण स्रोतले बतायो । स्थललगत अनुगमनका क्रममा कस्तो खालको कैफियत देखिएको थियो भन्ने विषयमा प्राधिकरणले खुलाउन भने चाहेन ।

‘अहिले हामीले पहिलो चरणमा कम्पनीहरुलाई किन कारबाही नगर्ने भनेर स्पष्टिकरण सोधेका छौं’ प्राधिकरण स्रोतले भन्यो, ‘तोकिएको समयमा उचित जवाफ नआएको खण्डमा वा कैफियत निकै गम्भिर देखियो भने सञ्चालक समितिको बैठकले निर्णय गरेर थप कारबाहीको प्रकृयामा जाने छौ ।’

स्रोतका अनुसार केही कम्पनीलाई प्राधिकरणको बोर्डबाट निर्णय नै गरेर कारबाही गर्नुपर्ने कैफियत देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi