Skip to content

‘भ्यालेन्टाइन्स डे’ : राष्ट्र बैंकका यी २ दर्जन बढी जोडीको चर्चा

nabil bank

काठमाडौं । पछिल्लो समय फेब्रुअरी १४ का दिन विश्वका अधिकांश मुलुकमा ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवस मनाइन्छ । विशेषगरी युवायुवतीले यो दिवसलाई उत्साहका साथ मनाउने गर्छन् ।

तर, पछिल्लो समय प्रायः सबै उमेर समूहका मानिसले मनाउन थालेको पाइन्छ । विशेषगरी पश्चिमा मुलुकमा धेरै प्रख्यात यो दिवसको लोकप्रियता केही वर्षयता नेपालमा पनि देखिएको छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । तेस्रो शताब्दीमा रोममा क्लोडियस नामक एक शासक थिए । उनले त्यो समयमा ‘जब बिहे गरिन्छ, यसपछि पुरुषको शक्ति र बुद्धि दुवै नष्ट हुन्छ । त्यसैले कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न हँदैन भन्थे । बिहे गर्न पनि दिँदैन थिए । बिस्तारै भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा मन पर्न छाड्यो । भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह गराइदिए ।

उनको यो कामबाट क्लोडियस निकै रिसाउँदै सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेशपछि भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एउटा प्रेम पत्र तयार पारे । त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन । जहाँ गुलाफको फूल पनि उपहारस्वरुप पठाएका थिए । मृत्युअघि उनले जेलरलाई भनेका थिए, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू ।’ त्यो समयदेखि आजको दिन अर्थात् फेब्रुअरी १४ लाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले प्रणय दिवस मनाउन थालेका हुन् ।

यो दिवस मनाउने प्रेमी प्रेमिकाबीच एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गरिन्छ । यो दिवसलाई आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा पनि लिने गरिएको छ ।

मायामा गरिने त्याग, समर्पणको रुपमासमेत यो दिनलाई लिने गरिन्छ । यो दिन प्रेमीको मात्रै चर्चा गरिँदैन, प्रेमको मात्रै चर्चा गरिँदैन, प्रेमिल जोडीको बारेमा पनि चासोका साथ चर्चा गरिन्छ । प्रेमिल जोडी, जसले गरेको काम, जसले समाज, राष्ट्र, विश्वमा पुर्याएको योगदानको पनि चर्चा गरिन्छ ।

राज्यका उच्च ओहोदा, उच्च निकाय, सार्वजनिक निकायमा बसेर काम गरेका जोडी यो दिन मात्रै नभएर अन्य समयमा पनि चर्चामा रहन्छन नै । तर, यो दिन आम पाठक, दर्शक, स्रोतका लागि पनि विशेष चासो बन्ने गरेको छ ।

सोही सन्दर्भमा हामीले मुलुकको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकमा रहेका केही जोडी कर्मचारीका बारेमा चर्चा गर्दैछौं । केन्द्रीय बैंकमा कार्यरत करिब १२ सय कर्मचारीमध्ये दुई दर्जनभन्दा बढी जोडी (श्रीमान–श्रीमती) छन् ।

जोडीमा विभागीय प्रमुख कार्यकारी निर्देशकदेखि सहायकस्तरसम्म छन् । कार्यकारी निर्देशक रामु पौडेलकी श्रीमती बैंकमा नै कार्यरत छिन् । रामुकी श्रीमती बिना ढकाल पौडेल बैंककी निर्देशक हुन् । कार्यकारी निर्देशक तहका कर्मचारीमा श्रीमान–श्रीमती उनीहरु मात्रै हुन् । बाँकी निर्देशक, उप निर्देशक, सहायक  निर्देशक, प्रधान सहायक लगायतका कर्मचारी जोडी हुन् ।

तीमध्ये तीन निर्देशकको जोडी यतिखेर देखिन्छन् । राष्ट्र बैंकको उच्च स्रोतले उपलब्ध गराएको विवरण अनुसार निर्देशक लक्ष्मी प्रसाईंकी श्रीमती बिनिता श्रेष्ठ राष्ट्र बैंककी उप निर्देशक हुन् । यस्तै निर्देशक रञ्जना पौडेलका श्रीमान पूर्व निर्देशक राजेन्द्र पण्डित हुन् । पण्डित तत्कालीन गभर्नर चिरञ्जीवी नेपालको पालामा मुख्य हर्ताकर्ता मानिन्थे ।

यस्तै निर्देशक गिरिजा कोइरालाकी श्रीमती कायम मुकायम निर्देशक प्रतिभा अधिकारी हुन् । अर्का उप निर्देशक सुमन न्यौपानेकी श्रीमती रञ्जना शर्मा पनि उपनिर्देशक छिन् ।

राष्ट्र बैंकमा तीन जना उपनिर्देशकको जोडी कार्यरत रहेको बताइन्छ ।

उप निर्देशक मित्र प्रसाद तिम्सिनाकी श्रीमती  दीपा पोखरेल सहायक पदमा कार्यरत छिन् । उप निर्देशक बद्री नारायण थापाकी श्रीमती बिष्णुकुमारी खड्का सहायक निर्देशक हुन् । उनीहरु कार्यकालको अन्तिम वर्षमा छन् । निर्देशक रञ्जना पण्डित, उपनिर्देशक थापा र सहायक निर्देशक खड्का २०५३ सालमा क्रमशः सहायक र नगद सहायकबाट सेवा प्रवेश गरेका थिए ।

उता उप निर्देशक निमिशा कुँवरका श्रीमान लेखबहादुर पाण्डे सहायक निर्देशक छन् । सबैभन्दा धेरै जोडी सहायक निर्देशक पदमा देखिन्छ । सहायक निर्देशक शारदा कार्कीका श्रीमान दुई वर्षअघि अवकाशप्राप्त उप निर्देशक कृतिविक्रम दाहाल हुन् ।

अर्का सहायक निर्देशक रोशन दाहाल सहायक निर्देशक सृष्टि तिवारीका श्रीमान हुन् ।

सहायक निर्देशक सागर गौतम प्रधान सहायक रिता ढोडारीका श्रीमान हुन् । सहायक निर्देशक दिपेश यादव अर्का सहायक निर्देशक रेनु सुवालका श्रीमान हुन् ।सहायक निर्देशक महेश जोशीकी श्रीमती रोजी थापा पनि सहायक निर्देशकमा कार्यरत छिन् ।

त्यसैगरी सहायक निर्देशक बिराज खनालले अर्का सहायक निर्देशक प्रजिना स्थापितसँग गत वर्ष लगनगाँठो कसेका हुन् । डेपुटी गभर्नर बमबहादुर मिश्रको सचिवालयमा कार्यरत सहायक निर्देशक युवराज दाहालकी श्रीमती सोही पदकी सुनिता कार्की हुन् ।

पोखरा निवासी सहायक निर्देशक विजया गौतम र पोखराकै अर्का सहायक निर्देशक जितेन्द्र शाक्य पनि दम्पति हुन् । सहायक निर्देशक आदित्य राज पोखरेल सहायक निर्देशक रेनिशा अधिकारीका श्रीमान हुन् । राजेश पनेरु सहायक निर्देशक हुन् भने उनकी श्रीमती अस्मिता लम्साल पनि सोही पदमा कार्यरत छिन् ।

सहायक निर्देशक ऋषिकेश भट्टराई र सहायक निर्देशक सृजना अधिकारी श्रीमान श्रीमती हुन् । सहायक निर्देशक अंगदीप न्यौपाने प्रधान सहायक ऋचा दाहालका श्रीमान हुन् ।

सहायक निर्देशक सुप्रिमा पौडेलका श्रीमान दामोदर बस्याल पनि बैंकका सहायक निर्देशक हुन् ।

सहायक निर्देशक बिमला कुँवरले अर्का सहायक निर्देशक सुमन थापासँग केही समयअघि विवाह गरेकी हुन् ।

यस्तै सहायक निर्देशक पृथु शर्माले सहायक निर्देशक आशा मानन्धरसँग र प्रधान सहायक विश्वनाथ अधिकारीले अर्का प्रधान सहायक चेतना नेपालसँग वैवाहिक सम्बन्ध कायम गरेका हुन् । बैंकमा कार्यरत एलिसा मानन्धर आयुष मानन्धरकी श्रीमती हुन् ।

यस्तै प्रधुन केसीकी श्रीमती अनिता बजगाई हुन् भने रविचन्द्र पौडेलकी श्रीमती पनि राष्ट्र बैंकमा कार्यरत छिन् । पौडेलका ससुरा पोमनाथ गौतम बैंकबाट अवकाश प्राप्त निर्देशक हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life