काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।








प्रतिक्रिया दिनुहोस्