Skip to content

प्रलोपाको घोषणापत्र सार्वजनिकः १० वर्षमा विद्युत् आयातलाई शून्यमा झार्ने, २ अंकको वृद्धि हासिल गर्ने (पूर्णपाठ)

बन्द गरिएका कपडा, कृषि औजार, रबर, कागज उद्योग पुर्नस्थापना गर्ने, संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने

nabil bank

काठमाडौ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्षहरु सुदन किराती, दुर्गा सोब र सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे ।

घोषणापत्रमा ऊर्जा सुरक्षा विकास, आत्मनिभर्रताको आधारको रुपमा लिइने उल्ल्ेख छ । प्रशस्त जलविद्युत् उत्पादन, आवश्यक प्रसारण लाइनको निर्माण र विद्युत व्यापारमार्फत् आगामी १० वर्षमा नेपालमा विद्युत् आयातलाई शून्यतामा झारिने उल्लेख छ ।

५ वर्षसम्म स्थिर पुँजीको कूल अंश गार्हस्थ उत्पादनको ३५ प्रतिशत, त्यसपछिका १० वर्षसम्म औसतमा ४० प्रतिशत र अर्को १० वर्षसम्म सम्ममा ४५ प्रतिशत पु¥याएर २ अंकको वृद्धिदर हासिल गरिने उल्लेख छ ।

संघीय स्तरबाट विकास गरिने रणनीतिक महत्वका योजनाहरुमा खासगरी ऊर्जा सुरक्षा (ठूला जलविद्युत् र प्रशारण लाइन), ४ र ६ लेन सडक, रेलमार्ग, विमानस्थल, केवलकार, हिमाली वृहद् पदमार्ग, ठूला सिँचाइ, विशेष औद्योगिक क्षेत्र, खानी उद्योग,
वातावरण संरक्षण, विज्ञान प्रविधि तथा अनुसन्धान, खेलकुद, उपग्रह आदि समावेश हुनेछन् । पहिले नै घोषणा भएका ठूला पूर्वाधारका राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटो पूरा गर्न विशेष जोड दिइने उल्लेख छ ।

यस्तै बन्द गरिएका कपडा, कृषि औजार, रबर, कागजजस्ता उद्योगहरु संभाव्यताका आधारमा पुर्नस्थापना गरिनेछ । संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने तथा रुग्ण उद्योगलाई प्रभावकारी रुपमा संचालन गर्न वातावरण तयार गरिनेछ । गुणस्तरीय वस्तु उत्पादन गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न उद्योगहरुको विकासमा विशेष जोड दिइनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त औद्योगिक कम्पनीहरुलाई नेपालमा ठूल्ठूला उद्योगहरु स्थापना गर्न प्रोत्साहन गरिने उल्लेख छ । यस्तै हरेक प्रदेशमा कम्तिमा एक आधुनिक औद्योगिक क्षेत्र र हरेक स्थानीय तहमा कम्तिमा एक उद्योगग्राम स्थापना गरिनेछ ।

निजामति, सूरक्षा अंग, विद्यालय, महाविद्यालय र संगठित संस्थाले प्रयोग गर्ने पोसाक (यूनिफर्म) उत्पादनको लागि एक ‘आधुनिक पोशाक कपडा उद्योग’ स्थापना गरिनेछ । कृषि उत्पादनलाई उत्पादनकर्ताले चाहेमा न्यायोचित तवरले तोकिएको
मूल्यमा नजिकको गाउँ÷नगरपालिकाको कृषि व्यवस्थापन केन्दमा सरकारले खरिद गर्नै पर्ने व्यवस्था गरिनेछ । कृषि उपजको बजार मूल्य तोकी खरिदको सुनिश्चितता गरिनेछ

प्रतिवर्ष ५० लाख पर्यटक भित्र्याउने गरी प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटन प्रर्वद्धन गरी अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनको बजारीकरण गरिनेछ । नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न संस्कृति, प्रकृति र प्रविधिको संयोजन गरी रैथाने ज्ञान, स्वाद र स्वामित्वसहित अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ्
गरिने उल्लेख छ ।

गौतम बुद्धको जन्मदिनलाई “विश्व शान्ति दिवस” का रुपमा घोषणा गर्ने व्यवस्था गर्दै विश्व समुदाय समक्ष नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न पहल गरिने उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life