काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई आज साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको उनको भनाइ छ ।
यसअघि प्रसाई माघ २३ गते काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।
उनी माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए ।
निर्वाचन आयोगले पठाएको पत्रको आधारमा प्रसाईलाई पक्राउ गरेको एसपी भट्टराईले बताए ।
फागुन २१ गतेको निर्वाचन नजिकिँदै जाँदा प्रसाईले निर्वाचनलाई प्रभावित पार्ने खालका विभिन्न अफवाह फैलाउने काम गरेको भन्दै आयोगले परिसरलाई पत्र पठाएको थियो ।










प्रतिक्रिया दिनुहोस्