Skip to content

७ महिनामा सेयर बजारबाट सरकारले उठायो पौने ६ अर्ब लाभकर

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ७ महिनामा सेयर बजारबाट पौने ६ अर्ब रुपैयाँभन्दा धेरै लाभकर उठाएको छ । सरकारले सेयर बजारबाट ५ अर्ब ८८ करोड ९४ लाख २३ हजार १२२ रुपैयाँ पुँजीगत लाभकर उठाएको हो ।

पुँजीगत लाभकर एक महिनाको अवधिमा १ अर्ब २९ करोड १९ लाख २० हजार रुपैयाँले बढेको छ । पुस मसान्तसम्म सेयर बजारबाट उठ्ने पुँनीगत लाभकर ४ अर्ब ५९ करोड ७५ लाख ३ हजार ५४ रुपैयाँमात्र रहेको थियो ।

पुस महिनामा, व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकर १ करोड ४७ लाख ६६ हजार ०५०.०९ रुपैयाँ, व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर २५ करोड ६२ लाख २८ हजार ०६०.३६ रुपैयाँ, र कर्पोरेट पुँजीगत लाभकर ४० करोड ३२ लाख ९८ हजार ८२९.८९ रुपैयाँ लाभकर संकलन भएको छ। यसरी पुस महिनाको कुल पुँजीगत लाभकर ८९ करोड ८० लाख ९५ हजार ६३१.०७ रुपैयाँ पुगेको थियो।

माघ महिनामा, व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकर ३ करोड ३३ लाख ९३ हजार ४९७.६५ रुपैयाँ, व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर १३ करोड ७५ लाख ९६ हजार ३७५.९२ रुपैयाँ र कर्पोरेट पुँजीगत लाभकर ५८ करोड ४३ लाख ५७ हजार ३७७.६३ संकलन भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima