Skip to content

केन्टद्वारा २९ डिलरलाई मुम्बईमा टी–२० विश्वकप हेर्ने अवसर

nabil bank

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै २९ जना डिलरलाई मुम्बईको वानखेड़े स्टेडियममा निःशुल्क प्रतक्ष रुपमा खेल हेर्ने लगेका छन् ।

उक्त डिलरहरुलाई ३ रात ४ दिनको मुम्बई भ्रमण प्याकेज पनि उपलब्ध गराइएको छ । यसअन्तर्गत काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा भोजनको व्यवस्था गरिएको छ। साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण (सिटी टुर) र वानखेडे स्टेडियममा हुने खेलका विशिष्ट टिकटसमेत समावेश गरिएको छ।

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि ‘मोस्ट ट्रस्टेड ब्रान्ड इन् नेपाल’ को रूपमा स्थापित छ। अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi