Skip to content

नयाँ दलले गरेका कामको पनि हिसाब मागौँ, अरुलाई बदल्नु भन्दा पहिला आफू बदलियौ : बिनोद चौधरी

nabil bank

नवलपरासी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले जनताले अब नयाँ दलले गरेका कामको हिसाब किताब माग्नु पर्ने बेला आएको बताएका छ्न ।

आफुले आज सम्म यो क्षेत्रमा गरेका कामहरुको रिपोर्ट कार्ड जनता सामु प्रस्तुत गरेको बताउँदै उनले नयाँ भनिएका दलहरुको पनि कामको हिसाब माग्नु पर्ने र उनिहरुलाई पनि प्रश्न गर्नु पर्ने बताए ।

प्रतापपुर गाउँपालिका–९ मा नेपाली काङ्ग्रेसद्वारा आयोजित एक समारोहमा उनले परिवर्तन आफैबाट सुरुवात गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप आफ्ना एजेन्डासहित काङ्ग्रेस बदलिएर आएको उनले जिकिर गरे । ‘हामिले आफुले गरेका कामको हिसाब सार्बजनिक गरेका छौ, तपाईहरुले पनि नयाँ दललाई प्रश्न गर्नुस कि ‘टाउको कहाँ छ, पुछर कहाँ छ’ उनले भने । अरुलाई बदल्नु भन्दा पहिला आफू बदलिनु पर्ने उनको तर्क छ ।

कार्यक्रममा उनले खजुरा खोला किनारमा निर्माण भएको उद्योग ग्राम सञ्चालनका लागि उधोगहरु स्थापनाको बाताबरण तयार गर्नकालागी केही दिन भित्रै उद्योगिहरु सग छलफलको तयारी भैरहेको समेत जानकारी दिए । केही दिनमै शहीद स्मृति अस्पताल चौपत्तामा डायलासिस सेवा सूचना हुने हुँदा मृगौला पिडित नागरिक अब टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास ब्यक्त गरे ।

फरक प्रसङ्गमा चौधरीले आफू बिगतदेखि नै थारु समुदायसँग नजिक रहेर काम गरेको उल्लेख गर्दै थारु समुदायको ईमान्दारिता र उीहरुका समस्यालाई आफुले नजिकबाट बुझेको बताए । ‘म थारु समुदायको ईमान्दारितालाई राम्रो सग बुझ्छु,मेरा उद्योगमा काम गर्ने कयौ मजदुरहरु थारु समुदायका छ्न,त्यसैले पनि मैले उनिहरुलाई नजिक बाट बुझेको छु’ उनले भने ।

बिकास गतिलाई निरन्तरता दिन र परिवर्तनका लागि स्थायी सरकारको आवश्यकता पर्ने हुँदा अबको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई अत्याधिक मतले बिजयी गराई गगन थापाको नेतृत्वको सरकार अपरिहार्य रहेको चौधरीको भनाई छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi