Skip to content

१५ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, कार्यालयले माग्यो ७ दिने स्पष्टीकरण

nabil bank

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगर्ने १५ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।  विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा १५ कम्पनीलाई कारबाही प्रक्रिया सुरु गरिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालय सूचना जारी गर्दै ७ दिन भित्र सम्बन्धित कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरेमा प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम कालोसूचीमा राखिने कार्यालयले जनाएको छ।

सार्वजनिक निकायहरूले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगरेको, तोकिएको समयसीमा उल्लंघन गरेको तथा पटक–पटक ताकेता गर्दा पनि सन्तोषजनक प्रगति नभएको भन्दै ती कम्पनीविरुद्ध कारबाही सिफारिस गरेका हुन्।

कार्यालयले सम्बन्धित कम्पनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिइएको जनाएको छ। स्पष्टीकरण सन्तोषजनक नभएमा वा तोकिएको अवधिमा पेश नगरेमा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनअनुसार कालोसूचीमा राखी सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुनबाट रोक लगाइने चेतावनी दिइएको छ।

कालोसूचीमा राख्ने प्रक्रियामा परेका कम्पनीहरूमा काठमाडौंस्थित बिकेओआई धुलिखेल जेभी कम्पनी,  अछामको अनुप कन्स्ट्रक्सन, झापाको अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि रहेका छन् ।

यसैगरी, कोटहीमाई गाउँपालिका–७, रुपन्देहीको अन्सुन निर्माण सेवा कम्पनी, काठमाडौंको कृपा इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, बालाजु, काठमाडौंको नागार्जुन÷आशिष जेभी लगायतका कम्पनीहरु रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi