काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन आफ्नो बाचापत्र सार्वजनिक गरेको छ। पार्टीले धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने र पर्याप्त जनशक्ति तथा स्वायत्तता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
बाचापत्र अनुसार, नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड को पुनःसंरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना छ। यसैगरी, पुँजी बजारमा इन्ट्राडे कारोबार, शर्ट सेलिङ, फ्युचर्स, अप्सन र डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको छ।
पार्टीले इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने र आईपीओ प्रणालीमा सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ।
यसैगरी, बाचापत्रमा पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने योजना अघि सारिएको छ । यस अन्तर्गत धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने, पर्याप्त जनशक्ति र कार्यक्षमता अभिवृद्धि गर्ने तथा आवश्यक स्वायत्तता प्रदान गर्ने योजना बनाइएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनःसंरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना रहेको छ।
पार्टीले पूँजी बजार कर नीति स्थिर र लगानीमैत्री बनाउने साथै ऋण बजार र बन्ड बजारको विकासका लागि सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय गर्ने योजना ल्याएको छ। वर्षौंदेखि रोकिएको गैर(आवासीय नेपाली नागरिकलाई नेप्सेमा कारोबार गर्न सहज नीति लागू गरिने र वस्तु विनिमय बजार पनि यथाशीघ्र सञ्चालनमा ल्याइने पार्टीको प्रतिवद्धता रहेको छ।
विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरू विकास गरेर पूँजी बजारलाई आधुनिक र विविधीकृत बनाइनेछ। साना लगानीकर्ताको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने र सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गरिनेछ।
रास्वपाले पुँजीबजारलाई केवल काठमाडौं केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवालाई सहज पहुँच पु¥याउने र यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना तथा पूँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्ने योजना रहेको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्