Skip to content

बालेनको नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापा क्षेत्र–५ का उम्मेदवार बालेन्द्र साह ९बालेन० को नागरिकता विवरणबारे छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर समेत रहेका साहको नागरिकताका विषयमा छानबिन गर्न उजुरी दर्ता भएको हो ।

काठमाडौँ महानगरपालिका ३१ का युवराज सफलले गृह मन्त्रालयलाई निवेदन दिँदै साहले नागरिकताको विवरण परिवर्तन गरी नागरिकताको प्रतिलिपि लिएको हुन सक्ने भन्दै अनुसन्धान गर्न माग गरेका हुन् ।

निवेदन अनुसार साहले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट १५१२ नम्बरको नागरिकता लिएका थिए । उक्त नागरिकतामा थर ‘साह’ उल्लेख गरिएको बताइएको छ। तर पछि मेयर निर्वाचित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा घर ठेगानासम्बन्धी विवरण फरक देखिएको दाबी निवेदनमा गरिएको छ ।

उजुरीमा नागरिकताको विवरण परिवर्तन गरिएको हो वा होइन भन्नेबारे सम्बन्धित फाइल तथा कागजातको अध्ययन गरी आवश्यक अनुसन्धान गर्न माग गरिएको छ।

निवेदक सफलले नेपाल नागरिकता ऐन २०६३ को दफा १२ अनुसार झुटो विवरण पेश गरेर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द हुन सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन्।

त्यसैले सम्बन्धित कागजात झिकाएर छानबिन गर्न र आवश्यक कानूनी कारबाही अघि बढाउन गृह मन्त्रालय समक्ष अनुरोध गरिएको छ।

निवेदनमा आवश्यक परे नागरिकता रद्द गर्न तथा कानूनअनुसार कारबाही गर्नसमेत माग गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi