Skip to content

इथानोल मिश्रणबाट पेट्रोल आयातमा कम गर्न सकिन्छ, व्यापार घाटामा सुधार हुन्छः मन्त्री सिन्हा

nabil bank

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रणले पेट्रोल आयात घटाउने र व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ंले आयोजना गरेको ‘इथानोल मिश्रण नीतिस् सम्भावना, चुनौती र कार्यान्वयन’ कार्यक्रममा उनले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउँदा वार्षिक करिब १३ करोड लिटर पेट्रोल आयात घटाउन सकिने बताएका हुन ।

यसबाट अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने र व्यापार सन्तुलन सुधारमा टेवा पुग्ने उनको भनाइ छ । मन्त्री सिन्हाले इथानोल मिश्रणलाई ऊर्जा सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै यसले वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने बताए। जैविक इन्धनको प्रयोगले सवारी साधनबाट हुने कार्बन उत्सर्जन घटाउने र वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने उनले उल्लेख गरे।

इथानोल उत्पादनका लागि उखु तथा अन्य कृषिजन्य कच्चा पदार्थ प्रयोग हुने भएकाले यस नीतिले चिनी उद्योगलाई चलायमान बनाउने र किसानलाई लाभ पुग्ने विश्वास उनले व्यक्त गरे। आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा कृषि क्षेत्रको व्यवसायीकरणमा समेत यसले योगदान पुर्‍याउने मन्त्री सिन्हाको धारणा छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi