Skip to content

सेयर बजार २७.५९ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।

सेयर बजारसंगै आज कारोबार रकम पनि घटेको छ । नेअघिल्लो कारोबार दिन अर्थात गत मंगलबार ८ अर्ब ३६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आइतबार कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५९ प्रतिशत घटेको छ।

आज सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको सेयरमूल्य यस दिन ३६ रुपैयाँ ३० पैसा बढेर ३९९ रुपयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन सबैभन्दा धेरै घटेको छ। यस कम्पनीको सेयर मूल्य ८.९२ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज ६३ करोड ४२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज रिडी पावर डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima