काठमाडौं । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा कृष्ण प्रसाद गौतम नियुक्त भएका छन् । बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सञ्चालकमा नियुक्त गरेको हो ।
गौतम कर्मचारी सञ्चय कोषबाट अवकाश पाएपछि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टमा गौतमको चार वर्षे कार्यकाल गत वैशाखमा सकिएको थियो।
बैंकको स्वतन्त्र सञ्चालकमा यस अघि अनिश साह थिए । संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने साहले दिएको राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले शुक्रबार बसेको बैठकले स्वीकृत गरेको छ।










प्रतिक्रिया दिनुहोस्