Skip to content

बालेनको वाचापत्रः ‘ल्याण्ड बैंक’को व्यवस्था, सुकुम्वासी बस्ती देखी भ्युटावरसम्म 

nabil bank
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका बालेनले घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् ।
वाचापत्रमा पूर्वाधारदेखि कृषि, स्वास्थ्य, भूमि व्यवस्थापन र वातावरणसम्मका योजनालाई समय सीमासहित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । विभिन्न कारणले अधुरा रहेका योजनालाई डेडलाइन तोकी समयमै सम्पन्न गरिने उल्लेख छ ।
दमक–रवि चिसापानी सडक यथाशीघ्र सञ्चालनमा ल्याइने, ‘हाम्रो रंगशाला, हाम्रै पहिचान’ अवधारणाअनुसार आदिवासी जनजाति रंगशाला निर्माण गरिने तथा विराट बुद्ध पार्कको काम सम्पन्न गरिने प्रतिबद्धता गरिएको छ । दमक सभागृह र भ्यूटावरलाई उच्च नागरिक उपयोगीतामा केन्द्रित गरी सञ्चालनमा ल्याइने जनाइएको छ ।
रतुवा, मावा लगायतका खोलामा तटबन्ध निर्माण गरी कटान तथा डुबान नियन्त्रण गरिनेछ । ग्रामीण सडक, लिङ्ग रोड र पुल स्तरोन्नति गर्दै समग्र कनेक्टिभिटी सुदृढ गरिनेछ । ग्रामीण तथा सीमावर्ती क्षेत्रमा भरपर्दो मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्दै दमकलाई पूर्वी नेपालको ‘आईटी हब’ का रूपमा विकास गर्ने योजना पनि समेटिएको छ ।
कृषितर्फ कन्काई–रतुवा सिँचाइ योजना विस्तार, लिफ्ट सिँचाइ प्रविधि, प्रत्येक पालिकामा ‘श्रम बैंक’ अवधारणा लागू गर्ने, गौरादह कृषि भण्डारण केन्द्र स्थापना गर्ने तथा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने उल्लेख छ । कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टी, बीमा, प्रविधिमा आधारित उत्पादन प्रणाली र स्थानीय उत्पादनको ब्रान्डिङमार्फत युवालाई कृषि पेशामा आकर्षित गर्ने योजना अघि सारिएको छ ।
स्वास्थ्य क्षेत्रमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत शैया निःशुल्क छुट्याउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनेछ । दमक अस्पताललाई ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने, ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गर्ने, ‘प्रत्येक घरमा शुद्ध पानी’ कार्यक्रम सञ्चालन गर्ने तथा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ ।
भूमि व्यवस्थापनतर्फ झापा–५ का भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्याको समाधानका लागि १०० दिनभित्र आयोग गठन र १००० दिनभित्र समाधान गर्ने नीति अघि सारिएको छ । बाँझो जमिनको सदुपयोग र चक्लाबन्दी प्रवर्द्धनका लागि ‘ल्याण्ड बैंक’ व्यवस्था गरिने तथा ऐलानी जग्गाको नापी–नक्सा अभिलेखीकरण सम्पन्न गरिने उल्लेख छ ।
वाचापत्र 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi