काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
यसअघि अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । जसमा प्रसाईंलाई पक्राउको कारण पेस गर्न भनिएको छ ।
आज अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्