Skip to content

तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

nabil bank

काठमाडौं । तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको छ ।

टिकटकबाट चर्चामा आएकी अधिकारीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । अधिकारीविरूद्ध ठगी, आपराधिक लाभ सँगसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।

उनले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै परिसरले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीका अनुसार उनीविरूद्ध साउन २२ गते कुमार चिमोरियाले ठगी र आपराधिक लाभको कसुरा जाहेरी दिएका थिए ।

यस्तै गत कात्तिक २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पत्राचार गरेको प्रहरीले जनाएको छ। विभागमा गत फागुन १९ गते तुल्सीविरूद्ध उजुरी दर्ता भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi