काठमाडौं । गोदरेज ब्रान्डले नेपाली बजारमा नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता, जलवायु र जीवनशैलीलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो उत्पादनले २३४ लिटरको क्षमतासँगै उन्नत स्वास्थ्य सुरक्षा र ऊर्जा दक्षता प्रदान गर्दछ।
यस ब्रान्ड आरटी जिएफई २५० मोडेलले नेपालमा हुने विद्युत् उतार(चढाव, खाना संरक्षणको चुनौती र स्वास्थ्य सुरक्षाको आवश्यकतालाई एकैसाथ सम्बोधन गरेको छ। यो रेफ्रिजरेटर मध्यम आकारका नेपाली परिवारहरूको हप्ताभरिको खाना आवश्यकतालाई पूरा गर्ने क्षमता राख्दछ।
प्रमुख विशेषताहरू बिल्ट-इन स्टेबिलाइजर विद्युत् ग्रिडको अनियमित भोल्टेजबाट स्वचालित सुरक्षा प्रदान गर्दछ, जसले उपकरणको आयु लामो बनाउँदै मर्मत सम्भारको झन्झटबाट मुक्ति दिन्छ। एन्टीबी प्रविधि खाना सामग्रीलाई हानिकारक जीवाणुबाट सुरक्षा गर्दछ, जसले परिवारको स्वास्थ्य कायम राख्छ।
यसैगरी, व्यवस्थित र ठुलो भण्डारणसङ ३ वटा कडा खालको ग्लास शेल्फ, १८ लिटरको भेजिटेबल बास्केट र २.५ लिटर बोतल शेल्फले नेपाली परिवारको विविध खाना सामग्री व्यवस्थित राख्न सहज बनाउँछ।
यसैगरी, ऊर्जा सक्षम डिजाइन आर ६०० रेफ्रिजरेन्ट प्रयोगले लामो समयसम्म विद्युत् खर्च घटाउँदै पर्यावरणमैत्री प्रदर्शन दिन्छ। स्लिम र टिकाउ बनावटमा १.४४ मिटर उचाइ, ५९.७२ सेन्टिमिटर चौडाइ र ६९.५० सेन्टिमिटर गहिराइको स्लिम डिजाइनले भान्साको सीमित ठाउँमा पनि सहजै ठाउँ पाउँछ।
यो गोदरेज डबल डोर रेफ्रिजरेटर स्वास्थ्यप्रति सचेत गृहिणीहरू, र विद्युतीय समस्याबाट सुरक्षित टिकाउ उपकरण खोज्ने सबै उपभोक्ताहरूको लागि उपयुक्त छ। गोदरेज डबल डोर रेफ्रिजरेटर नेपालभर उपलब्ध छ। नेपालमा गोदरेज उत्पादनहरूको अधिकृत वितरक सिजी इलेकट्रोनिक्स हो, जसले देशव्यापी वितरण नेटवर्क र गुणस्तर सेवा प्रदान गर्दछ। गोदरेज भारतको प्रतिष्ठित बहु–राष्ट्रिय समूह हो ।
यसले १२५ वर्षदेखि विभिन्न क्षेत्रहरूमा नवीनता र विश्वसनीयताका साथ सेवा प्रदान गर्दै आएको छ। घरेलु उपकरणहरूको क्षेत्रमा गोदरेजले टिकाउपन, ऊर्जा दक्षता र मूल्यको उत्तम समन्वयको रूपमा आफ्नो पहिचान कायम गरेको छ।
प्रतिक्रिया दिनुहोस्