Skip to content

पोखरामा ‘वाडा अटो शो २०२६’ हुने, स्टल बुकिङ खुला

काठमाडौं । पोखरामा ‘वाडा अटो शो २०२६’ हुने भएको छ । पहिलो संस्करणको सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राख्दै पोखरामा दोस्रो पल्ट उक्त शो राखिएको हो ।

उक्त शो चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबाराही चोक स्थीत खेल मैदानमा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनद्वारा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को आयोजना गरिने भएको छ ।

नाडाले सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गरेको छ । यसैगरी, फागुन १२ गते देखि १९ गतेसम्म प्रदर्शनीकालागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रालिले गर्ने छ । स्टल बुकिङ्गका लागि इच्छिुक कम्पनी÷संस्थाहरूले व्यवस्थापकसँग सम्पर्ग गर्न सक्ने नाडाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima