Skip to content

अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने

nabil bank

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ४० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

यस कम्पनीले ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १ः१.५ बराबर अर्थात १०० अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

उक्त सम्झौता पत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित २० वटा कम्पनीको धितोपत्र निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रवन्धक सेवा मार्फत हाल सम्म रु.१९ अर्व ३४ करोड भन्दा बढी रकम समेत संकलन गरिदिन सफल भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi