Skip to content

मध्यपूर्व क्षेत्रको तनावले ६ फ्लाइट रद्द: अन्य उडान पनि रद्द हुन सक्ने, यात्रुलाई एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्न आग्रह 

nabil bank
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण ६ वटा उडान रद्द भएको छ। आइतबारको लागि उडान भर्ने ६ एयरलाइन्सको उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताए ।
मध्यपूर्व क्षेत्रमाको तनावको कारण अन्तर्राष्ट्रिय एयरलाइन्सका अन्य उडानहरू पनि प्रभावित भएका छन्। प्रवक्ता बस्नेतअनुसार हालसम्म ६ वटा नियमित उडान रद्द गरिएका छन् भने परिस्थितिअनुसार थप उडानसमेत प्रभावित हुने देखिएको छ ।
हालसम्म एयर अरेबियाका जी–९ ५३६÷५३७ र ३एल–०४३/०४४, फ्लाइ दुबईका एफजेड–११३३/११३४ र एफजेड–१५३७/१५३८, जजिरा एयरवेजका जे–९ १५३९÷१५४० तथा कतार एयरवेजका कतार–६४८/६४९ लगायतका एयरलाइन्सको उडान रद्द भएको हो ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने कुवेत, कतार, युएई लगायतका देशमा हुने उडान समेत हुन सकेको छैन । यी देशमाबाट नेपालमा उडान हुने र नेपालबाट जाने सात वटा वायुसेवाका कम्तीमा २१ वटा उडान प्रभावित भएको बस्नेतले बताए । आज अन्तराष्ट्रिय ४० वटा उडान रहेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता बस्नेतले यात्रुलाई एयरपोर्ट आउनु अघि अनिवार्य रूपमा उडान स्थिति पुष्टि गर्न अनुरोध गरेका छन् । परिस्थिति सामान्य भएसँगै नियमित उडान क्रमशः सञ्चालनमा ल्याइने जनाइएको उनले बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi