Skip to content

नेप्सेको वेबसाइटमा देखिएको समस्या डेढ घण्टापछि समाधान, बारम्बार समस्या दोहोरिन थालेको भन्दै चर्को आलोचना

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा देखिएको प्राविधिक समस्या करिब डेढ घण्टापछि समाधान भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आजको कारोबार बन्द भएको केही समयपछि केही कम्पनीको सेयर मूल्य शून्य देखिएको थियो ।

“केही कम्पनीको क्लोजिङ प्राइस शून्य देखाउँदा समग्र परिसूचकमा ठूलो अङ्कको गिरावट देखिएको थियो । यो प्राविधिक त्रुटि हो, त्यो समस्या समाधान भइसकेको छ”, उनले भने ।

आज नेप्से परिसूचक १९.२७ अङ्कले बढेर दुई हजार ६७४.२० को बिन्दुमा कायम भएको थियो, तर बजार बन्द भएको करिब आधा घण्टापछि परिसूचक ८८५.३२ अङ्कले घटेर एक हजार ७६९ मा पुगेको देखिएको थियो । जुन ३३.३४ प्रतिशतको गिरावट हो । नेप्से परिसूचकमा एकाएक ठूलो अङ्कको गिरावट देखिएपछि लगानीकर्तामा अन्यौलता देखिएको थियो भने केही लगानीकर्ताले बारम्बार यस्ता समस्या दोहोरिन थालेको भन्दै सामाजिक सन्जालमा गुनासो पोखेका थिए ।

नेप्सेको प्राविधिक टोलीले समस्या समाधान गरिसकेको र परिसूचक पहिलेकै अवस्थामा देखिएको प्रवक्ता पराजुलीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima