Skip to content

मध्यपूर्व क्षेत्रको तनावको कारण ७ फ्लाइट रद्द, ९ मुलुकमा उडान बन्द 

nabil bank

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण ७ वटा उडान रद्द भएको छ। आइतबारको लागि उडान भर्ने ६ एयरलाइन्सको उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताए ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण ९ मुलुकमा बन्द उडान बन्द भएको छ । कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको उडान रद्द गरिएको विमान स्थलले जानकारी दिएको छ।

मध्यपूर्व क्षेत्रमाको तनावको कारण अन्तर्राष्ट्रिय एयरलाइन्सका अन्य उडानहरू पनि प्रभावित भएका छन्। प्रवक्ता बस्नेतअनुसार हालसम्म ७ वटा नियमित उडान रद्द गरिएका छन् भने परिस्थितिअनुसार थप उडानसमेत प्रभावित सम्भावना रहेको छ ।

हालसम्म एयर अरेबियाका जी–९ ५३६÷५३७ र ३एल–०४३÷०४४, फ्लाइट दुबईका एफजेड–११३३÷११३४ र एफजेड–१५३७÷१५३८, जजिरा एयरवेजका जे–९ १५३९÷१५४० तथा कतार एयरवेजका कतार–६४८÷६४९ र हिमालय लगायतका एयरलाइन्सको उडान रद्द भएको हो ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने कुवेत, कतार, युएई लगाएयता देशमा हुने उडान समेत हुन सकेको छैन । यी देशमाबाट नेपालमा उडान हुने र नेपालबाट जाने सात वटा वायुसेवाका कम्तीमा २१ वटा उडान प्रभावित भएको बस्नेतले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता बस्नेतले यात्रुलाई एयरपोर्ट आउनु अघि अनिवार्य रूपमा उडान स्थिति पुष्टि गर्न अनुरोध गरेका छन् । परिस्थिति सामान्य भएसँगै नियमित उडान क्रमशः सञ्चालनमा ल्याइने जनाइएको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi