Skip to content

म पश्चिम नवलपरासीवासी हुँ भन्दा गर्व लाग्छः बिनोद चौधरी

nabil bank

काठमाडौं । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले अघिल्लो निर्वाचनको परिस्थितिलाई स्मरण गर्दै आफुमाथी लगाईएका निधार आरोपहरुलाई जनताको को विश्वासले परिवर्तन गरिदिएको बताएका छ्न ।

तत्कालिन समयमा आफुलाई बिभिन्न संज्ञा दिईएको ले कठिन मोडमा समेत जनताको साथले आफू निर्वाचित भएको उनले बताए । बर्दघाट नगरपालिका ७ जिमिरेभारमा आयोजित कोण सभामा बोल्दै उनले आफू अहिले यहीँको बासिन्दा भएको भन्न पाउँदा गर्भको अनुभुति हुने बताए ।

कठिन मोडमा समेत आफुलाई बिश्वास गरेर जनताको घरदैलोमा पुर्याईदा त्यो समयले एउटा उम्मेदवारको कथा मात्रै नभै यो क्षेत्रनै बिश्वमा चिनिएको उनको भनाई थियो ।आफू सामुदायिक स्कुलमा पढेर बिद्यार्थी जीवन सुरु गरेको स्मरण गर्दै यहाँका नागरिक सग घुलमिल हुन कुनै लगुताभास नरहेको उनले स्पष्ट पारे । म चटाईमा बसेको छु,खटियामा बसेको छु,चोक चौतारीमा बसेको छु जस्तो परिस्थितिमा पनि म घुलमिल हुन सक्छु भन्ने मलाई लाग्छ,यी कुराका अघि प्राईभेट जेटले पनि महत्व राख्दैनन,म अझै पनि भुईमै त्यतिकै सन्तुष्टिका साथ बस्न सक्छुू उनले भने ।सोही कारण केही बिकृत मानसिकताले लगाएको निधार आरोपहरु चिर्न आफू सफल भएको उनले बताए ।

यो क्षेत्रसग जोडिदा आफुलाई ठूलो जिम्मेवारी बोध भएको उल्लेख गर्दै उनले समग्र क्षेत्रको बिकासलाई डोर्याउन आफू सफल हुने विश्वास ब्यक्त गरे ।गरिएका राम्रा कामहरुबाट आफ्नो राजनीति ओझेल पर्ने त्रासले विभिन्न लाल्छ्नाहरु लगाउने खेल सुरु भएको भन्दै उनले त्यस्ता भ्रमहरुमा नपरी गगन थापाको नेतृत्वमा बदलिएको काङ्ग्रेसलाई मदतान गर्न आग्रह गरे ।ूअझै धेरै काम गर्न बाकी छ बिगतका दिनमा केही सिमाहरु रहे अब बाकी रहेका अधुरा बिकास निर्माणलाई अघि बढाउनु छ,छेक्ने हरु आउँछ्न तर त्यसलाई चिर्दै अघि बढ्नु छ,मैले जानेकै यहि होू चौधरीले भने ।आफुले नवलपुरमा औधोगिक ग्राम र शाश्वत धाम बनाएको उल्लेख गर्दै अबको जिम्मेवारी यो क्षेत्रका लागि रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचीव कुलदिप आचार्यले बिगतका दिनमा पार्टी एक नभएको परिस्थितिमा उम्मेदवार चौधरीको क्षमता र दक्षताको उचित सदुपयोग हुन नसकेकाले अबको निर्वाचनमा चौधरीलाई बिजयी गराई बिकासको ढोका खोल्न आग्रह गरे ।अहिले सिङ्गो पार्टी एक ढिक्का भएको र कुनै गुट उपगुट नरहेकाले पनि काङ्ग्रेसको नेतृत्वमा समृद्ध नवलपरासीको खाका बोकेर चुनावी मैदानमा होमिएको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi