Skip to content

गुरुङलाई मतदान गर्न दोलखाका मतदातालाई वरिष्ठ कलाकार श्रेष्ठको आग्रह

nabil bank

काठमाडौं । वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखामा एमालेका उम्मेदवार पार्वत गुरुङलाई मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

आज एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले गुरुङ दोलखाको समग्र विकासको कामलाई मन मस्तिष्कमा राखेर हिँडने भएकाले आसन्न निर्वाचनमा उनलाई मतदान गरी विजयी गराउन आम दोलखाका मतदातालाई अनुरोध गरेका छन् ।

बरिष्ठ कलाकार श्रेष्ठले गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मन्त्रीको रुपमा रहँदा दलगत स्वार्थभन्दा माथि उठेर दोलखाको र समग्र राष्ट्रको विकासमा ध्यान दिएको पनि स्मरण गराए ।

व्यक्तिको चरित्र, लगाव भन्दा पनि दोलखा जिल्लाको लागि समष्टि विकासको कामलाई मन मस्तिष्कमा राखेर हिँडने व्यक्ति भएकाले दोलखाली मतदाताले गुरुङलाई निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाई थियो ।

श्रेष्ठले भने, ‘पार्वत गुरुङको एउटा दोलखाप्रतिको विकास र यसप्रतिको उहाँको सोचाई उहाँले दलगत होइन, राजनीतिक हिसावले होइन । मन्त्री भएपछि मेरो सबै ठाउँमा मैले विकास गर्नुपर्छ भन्ने मूलमन्त्री र भित्री आकांक्षा । त्यो उहाँको महानता हो । दोलखाका तमाम मतदाताहरुलाई म के अनुरोध गर्दछु भने–दलगत भन्दा पनि माथि बसेर व्यक्ति, व्यक्तिको चरित्र, व्यक्तिको लगाव र दोलखा जिल्लाको लागि समष्टि विकासका लागि मन मस्तिष्कमा राखेर हिँडने व्यक्तिलाई तपाईहरुले छान्नुपर्छ । त्यो मान्छे भनेको पार्वत गुरुङ हो ।’

श्रेष्ठले आफूले पूर्वमन्त्री गुरुङसँग सहकार्य गरेको र उनको मन, मस्तिष्कमा दोलखाको समग्र विकासको योजना रहेकाले पनि त्यसलाई कार्यान्वयनमा लैजानका लागि निर्वाचनमा विजयी गराउनुपर्ने आवश्यक्ता रहेको औंल्याए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi