काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ५ हजार ६०० रुपैयाँले बढेको छ, भने चाँदीको मूल्य २४५ रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य तोलाको ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शनिबार सुनको मूल्य तोलाको ३ लाख १४ हजार ९०० रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदी तोलाको ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शनिबार चाँदी तोलाको ५ हजार ७४० रुपैयाँ रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्