काठमाडौं । मध्यपूर्वमा चुलिएको तनावपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ। अमेरिकी–इजरायली संयुक्त कारबाहीपछि इरानसँगको द्वन्द्व चर्किँदा विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति भएको उतारचढावपछि वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको भाउ ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने ‘ब्रेन्ट क्रुड’ करिब ६ प्रतिशतसम्म बढेको छ।
युद्ध र भू–राजनीतिक तनावका कारण आपूर्ति शृंखलामा अवरोध आउन सक्ने चिन्ताले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो । समुद्री ढुवानीमा अवरोध आएपछि तेलको मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
तेलको मूल्यवृद्धिले मुद्रास्फीतिमाथि दबाब सिर्जना गर्ने संकेत देखिएको छ। विगतमा ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिले व्यापक मूल्यवृद्धि निम्त्याउने गरेको इतिहास छ। युद्धले सामान्यतः आपूर्ति पक्षमा धक्का पु¥याउने भएकाले मुद्रास्फीतिलाई बढाउँने देखिन्छ । केहि देशमा युद्ध सुरु हुनुअघि नै सञ्चितीकरणका कारण तेलको मूल्य बढिरहेको थियो ।
तर, केहि अन्तराष्ट्रिय अर्थसास्त्रीहरुले तेल मूल्यवृद्धिको प्रभाव अस्थायी हुन सक्ने बताएका छन् ।












प्रतिक्रिया दिनुहोस्