काठमाडौं । अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई बढ्दो असुरक्षाको कारण देखाउँदै त्यहाँका देश छोड्न आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले बहराइन, कुवेत, इजिप्ट, लेबनान, इरान, ओमान, इराक, कतार, इजरायल, वेस्ट बैंक, गाजा, साउदी अरेबिया, सिरिया, जोर्डन, संयुक्त अरब इमिरेट्स तथा यमनमा रहेका नागरिकलाई एडभाइजरी जारी गरेको हो ।
मन्त्रालयले व्यावसायिक उडानमार्फत तत्काल सुरक्षित स्थानतर्फ जान भनेको छ । मध्यपूर्वमा जारी तनावका बीच अमेरिकाले आफ्ना नागरिकको सुरक्षालाई उच्च प्राथमिकता राखेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्