Skip to content

निर्वाचनको दिन यती एयरलाइन्सका उडान स्थगित

काठमाडौं । यती एयरलाइन्सले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका दिन सम्पूर्ण उडान सेवा स्थगित गर्ने भएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनका कारण उक्त दिन सबै आन्तरिक उडान नहुने जानकारी दिएको हो ।

एयरलाइन्सका अनुसार फागुन २२ गतेदेखि भने नियमित उडान सेवा पूर्ववत् रूपमा सञ्चालनमा आउनेछ। एक दिनका लागि उडान स्थगित हुँदा यात्रुहरूमा पर्न सक्ने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T