काठमाडौं । मोरङ जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूमा दिउँसो १ बजेसम्म कुल २९.५५ प्रतिशत मतदान भएको छ। हालसम्म जिल्लाभर २ लाख ३३ हजार ३७९ मत खसेको हो ।
खसेको मतमध्ये पुरुष १ लाख १६ हजार ७९१ र महिला १ लाख १६ हजार ५८८ रहेका छन् भने अन्य मतदाता शून्य रहेका छन्। जिल्लामा कुल ७ लाख ५३ हजार ५० मतदाता रहेका छन् र ६६६ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ।
तिनिधिसभा क्षेत्र नं. १ मा ४२ हजार ३६९, क्षेत्र नं. २ मा ३४ हजार ४१९, क्षेत्र नं. ३ मा ४५ हजार ८२३, क्षेत्र नं. ४ मा ३९ हजार ३३०, क्षेत्र नं. ५ मा २३ हजार ४०० र क्षेत्र नं. ६ मा ४६ हजार ५८४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्