काठमाडौं । दिउँसो ३ बजेसम्म ३९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता रहेकोमा अहिलेसम्म ७५ लाख १४ हजार १ सय १ ले मतदान गरेका छन् ।
आयोगका अनुसार उपत्यकामा ५१ प्रतिशत, कोशी प्रदेशमा ५८ प्रतिशत, मधेश प्रदेशमा ६४ प्रतिशत, बागमती प्रदेशमा ५३ प्रतिशत, गण्डकी प्रदेशमा ४१ प्रतिशत, लुम्बिनी प्रदेशमा ३८ प्रतिशत, कर्णाली प्रदेशमा ४२ प्रतिशत र सुदुर पश्चिममा प्रदेशमा ४३ प्रतिशत गरी औसतमा ३९ प्रतिशत मत खसेको हो ।
अहिलेसम्म सबैभन्दा बढी मत कोशी प्रदेशमा ५८ प्रतिशत र सबैभन्दा कम लुम्बिनी प्रदेशमा ३८ प्रतिशत मत खसेको छ ।











प्रतिक्रिया दिनुहोस्