Skip to content

सिरहामा साढे १ बजेसम्म ५१ प्रतिशत मत खस्यो

nabil bank

काठमाडौं । सिरहामा बिहान दिउँसो साढे बजेसम्ममा ५१ प्रतिशत मतदान सम्पन्न भएको छ । बिहानको सात बजेदेखि मतदान सुरू भएकोमा साढे १ बजेसम्म ५१ प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो ।

चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल चार लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा–१ मा एक लाख ११ हजार ९४९, सिरहा–२ मा एक लाख १५ हजार ७६०, सिरहा–३ मा एक लाख १९ हजार २५० र सिरहा–४ मा एक लाख ६ हजार ६८६ मतदाता छन् ।

जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi