काठमाडौं । सम्पन्न प्रतिनिधि सभा निर्वाचन पछि मतगणना धमाधम भइरहेको छ । प्रत्यक्षतर्फ १६५ क्षेत्रमा भएको निर्वाचनपछि अहिले धमाधम मत गणना भइरहेको छ ।
पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जनलहर आएको छ । पछिल्लो मत परिणाम अनुसार पुराना राजनीतिक दलका शिर्षक नेता लगायत अधिकांश उम्मेदवारको मत निकै कम देखिएको छ ।
पछिल्लो परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका छन् । एमाले अध्यक्ष केपी ओली झापा ५ मा निकै ठूलो मतान्तर सहित पछि परेका छन् ।
नेपाली काँग्रेसका सभापति गगन कुमार थापा सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहसँग निकै मतान्तरले पछि परेका छन् । नेकपाका नेता माधव कुमार नेपाल रौतहट १ मा पाँचौ नम्बरमा रहेका छन् । त्यो क्षेत्रमा रास्वपाका राजेश कुमार चौधरी अग्रस्थानमा रहेका छन् ।
झापा ३ मा राप्रपाका राजेन्द्र लिङदेन भन्दा रास्वपाका प्रकाश पाठक अगाडि छन् ।
यती मात्रै होइन भक्तपुर २ मा एमालेका सचिव महेश बस्नेत भन्दा रास्वपाका राजिव खत्री निकै अगाडि रहेका छन् ।
चितवनका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि रहेको छ ।
गुल्ती १ मा एमालेका प्रदीप ज्ञवाली, काँग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै रास्वपाका सागर ढकाल, गुल्मी १ मा पनि एमालेका गोकर्ण बिष्टलाई पछि पार्दै रास्वपाका गोविन्द, मोरङ १ मा एमाले काँग्रेसलाई पछि पार्दै रास्वपा अगाडी रहेको छ । सुनसरी १ मा हर्क साम्पाङलाई रास्वपाले पछि छोडेर अघि लागेको छ ।
काठमाडौंको सबै क्षेत्र रास्वपाको कब्जामा रहेको छ । काठमाडौं १ मा भने रास्वपा विजी भइसकेको छ । काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शना १५ हजार ४५५ मत ल्याएर विजयी भएकी छिन् । यो क्षेत्रमा एमाले र नेकपाको जमानत जफत भएको छ । यस्तै काँग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत पाएर दोस्रो स्थानमा रहेका छन् ।
यस्तै काठमाडौं– ६ मा रास्वपाका शिशिर खनाल विजयी भइसकेका छन् ।
यो समाचार तयार पार्दासम्म रास्वपा देशभर रास्वपा १०३ स्थानमा पहिलो स्थानमा रहेको छ ।
यस्तै नेकपा एमाले ११ र नेकपा ११ स्थानमा अगाडि रहेको छ । यस्तै काँग्रेस ९ र अन्य दल ६ स्थानमा अगाडि रहेका छन् । अहिलेसम्म मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी भएका छन् । देशका अधिकांश स्थानमा रास्वपा निकै फराकिलो मतान्तरसहित अगाडि रहेको छ । अहिलेसम्मको परिणामले रास्वपाले बहुमत ल्याउने सम्भावना रहेको चर्चा सुरु भएको छ ।











प्रतिक्रिया दिनुहोस्